Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै राष्ट्र बैंक


GDP नेपाल
   १९ पुस २०८०, बिहिबार


बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्ने भएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि २० अर्ब तरलता तान्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी माघ ११ गते हुने केन्द्रीय बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न यसअघि पुस १७ गते १० अर्ब र पुस १८ गते २५ अर्ब रुपैयाँ तानेको थियो ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह