Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्तावसहित सिटिजन लाइफ इन्सुरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   २० पुस २०८०, शुक्रबार


सिटिजन लाइफ इन्सुरेन्सले साधारण सभा बोलाएको छ । सभा माघ १४ गते अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

सभा प्रयोजनका लागि इन्सुरेन्सले पुस २९ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह