Logo

बैंक / बिमा /शेयर

वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ विकास बैंकद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग


GDP नेपाल
   २० पुस २०८०, शुक्रबार


मुक्तिनाथ विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बेंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको हो । यस्तै, बैंकले सो अवसरमा विभिन्न सामाजिक कार्यहरू, बृहत् रक्तदान र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १ सय ३५ कर्मचारीहरूलाई सम्मान गरेको छ ।

यसैगरी, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ ।

त्यस्तै, बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनका लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष भरतराज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्वसञ्चालकहरू, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, यस बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह