मुक्तिनाथ विकास बैंकको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरभनीहरुलाई चुक्ता पुँजीको १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ का लागि लेखा परीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरू पनि पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभाले बैंकको नयाँ सञ्चालक समिति चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएका छन् ।
प्रतिक्रिया