Logo

कर्पोरेट-बजार

विद्यार्थीलाई व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न अध्यक्ष ढकालको सुझाव


GDP नेपाल
   २ माघ २०८०, मंगलबार


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावहारिक सीपको विकास गरी उद्यमी बनाउने शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो।

आज बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यामिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दैै उहाँले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उहाँको सुझाव थियो ।

अध्यक्ष ढकालले भन्नुभयो, “यो विद्यालयले मुलुकका महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।”

प्रकाशित : २ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह