Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई क्यापिटलको सिइओमा लुइँटेल


GDP नेपाल
   ३ माघ २०८०, बुधबार


ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मन्दिप लुइँटेल नियुक्त भएका छन् ।

क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

यसअघि लुइँटेल सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैङ्किङ प्रमुखको कार्यरत थिए । साढे ६ वर्षदेखि उनी सानिमा क्यापिटलमा जिम्मेवारी पुरा गरेका उनी भारतको पुनेबाट एमबिए गरेका छन् । उनले काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् ।

लुइँटेलसँग भारतको मुम्बईस्थित आइसीआइसी बैङ्कमा डेढ वर्ष काम गरेको अनुभव पनि छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह