बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १ लाख ५ हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । सेयरको भाउ भने तोकिएको छैन ।
तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया