हिमालयन रि-इन्स्योरेन्स लिमिटेडलाई भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेको छ । आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै अब रि-इन्स्योरेन्सले भारतमा पनि पुनर्बिमामा व्यवसाय गर्ने भएको छ ।
कम्पनीको निवेदन माथि १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो । स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्काशन प्रक्रिया पूरा गरी धितोपत्रको दोश्रो बजारमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया