सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकको खुद नाफा ३९.८२ प्रतिशतले घटेर १० करोड २ लाख रुपैयाँ पुगेका छ । गत वर्षको यसै अवधिमा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट ३९ करोड रुपैयाँ पुगेपछि सञ्चालन नाफा ३९.८२ प्रतिशतले घटेको हो । खराब कर्जा ४.८९ प्रतिशत पुगेको छ ।
बैंकको निक्षेप संकलन २.५५ प्रतिशत र कर्जा लगानी ४.४५ प्रतिशतले बढेको छ । ५ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
रिजर्भ कोषमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ५.२२ रुपैयाँले घटेर ५.८४ रुपैयाँमा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १३२.३९ रुपैयाँ छ ।
प्रतिक्रिया