चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६८ करोड ९९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ७६ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशतले कम हो ।
दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशत बढेको छ भने खुद फी तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपियाँ रहको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
प्रतिक्रिया