इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।
तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया