स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले २०८० असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । योसँगै आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने छैन ।
साथै सञ्चालक समितिबाट पारित आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्टबैंकसमक्षा स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको छ ।
सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा त्यससँग सम्बन्धित अनुसूचीहरु समेत स्वीकृत गरेको छ ।
प्रतिक्रिया