Logo

बैंक / बिमा /शेयर

माउन्टेन ग्लोरीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल


GDP नेपाल
   १३ माघ २०८०, शनिबार


माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । माउन्टेन ग्लोरीले सर्वसाधारणहरुको लागि रु.१००अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी थालेको हो ।

यसैक्रममा आईपीओ निष्काशनका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एलएस क्यािपटल लिमिटेड नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त सम्झौतामा कम्पनीका अध्यक्ष शुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउँदै आएको छ ।

निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह