Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजबीच साझेदारी


GDP नेपाल
   १५ माघ २०८०, सोमबार


काठमाडौं। माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ। साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो।

एसएक्ससी स्यान्डबक्सले आइटीसम्बन्धी ४८ घन्टे ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो, जहाँ सहभागीलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरी विजेता टिमलाई ६ महिनासम्म बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इन्नोभेसनसम्बन्धी काम गर्न आवश्यक अवसर प्रदान गर्नेछ।

यसबाट आइटी विषय लिई अध्यनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने विश्वास बैंकको छ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह