जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया