निर्धन उत्थान लघुवित्तले २५ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले फागुन ११ गते संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो ।
सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ माघ २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया