कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले प्रति शेयर अङ्कित मूल्य १०० का दरले कुल ४९ करोड रुपैयाँ बराबरको ४९ करोड कित्ता आइपीओ मध्ये ३४ करोड नब्बे लाख रुपैंया बराबरको आइपीओ जारी गर्ने भएको छ । उक्त आइपीओको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।
आज एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।
प्रतिक्रिया