Logo

बैंक / बिमा /शेयर

डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट


GDP नेपाल
   २२ माघ २०८०, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबार खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दरमा पनि गिरावट आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह