मलेसियामा मोडेस्ट फेसन एण्ड वुमनप्रेन्योर सम्मेलन (एमएफडब्ल्यूएस) २०२४ आयोजना हुने भएको छ । यही फेब्रुअरी ८ देखि १० सम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सो सम्मेलनमा विभिन्न देशका महिला उद्यमीहरुको उपस्थिति रहने छ ।
इन्डोनेसियाली संस्था क्रेसी मोड इन्टरनेशनलद्वारा सञ्चालित यस सम्मेलनले व्यापार क्षेत्रमा महिलाहरूलाई सशक्तिकरण गर्ने मिशन राख्दै हरेक क्षेत्रमा महिलाहरूलाई उत्थान, शिक्षित र प्रेरित गर्ने प्लेटफर्महरू प्रदान गर्दे आएको छ ।
‘आर्थिक विकास र दिगोपनाका लागि उच्चस्तरीय महिला मञ्च’ नामक विषयवस्तुमा आधारित यस कार्यक्रममा ४९ भन्दा बढी देशबाट २०० भन्दा बढी महिला प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।
सो सम्मेलनमा यस वर्ष नेपालबाट फेसन डिजाइनर गोमा तिवारी सहभागी हुने भएकी छिन् । भारतको आइआईएफटी इन्स्टीच्यूटबाट फेसन र इन्टेरियर डिजाइन सम्बन्धि अध्ययन सम्पन्न गरेकी तिवारी विगत ८ वर्षदेखि सोही क्षेत्रमा क्रियाशील छिन् ।
यस्तै, सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै गौरवान्वित भएको तिवारीले बताएकी छिन् ।
उनका अनुसार सम्मेलनमा नेपाली हस्तकलालगाएत विभिन्न नयाँ डिजाइनका पहिरनहरुको प्रदर्शनी समेत गरिने छ । आफ्ना सुरुवाती दिनहरु सम्झदै तिवारीले यस प्रकारका सम्मेलनले महिला सशक्तिकरणमा मुख्य भूमीका निभाउने बताइन् ।
फेसन डिजाइनर गोमा तिवारीका केही कामहरु:
प्रतिक्रिया