Logo

कर्पोरेट-बजार

द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यूबीच समझदारी


GDP नेपाल
   २४ माघ २०८०, बुधबार


काठमान्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बिच द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।

समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए। उनले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकासमा टेवा पुयाउने र समृद्धितर्फ डोऱ्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यवसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए । उनले दुवै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने जनाए ।बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यवसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरू खोज्ने रहेको बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह