Logo

कर्पोरेट-बजार

नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँ मात्रै


GDP नेपाल
   १ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो । 

टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसआधारमा गतवर्षभन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो । टेलिकमका अनुसार गतवर्षभन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो । 

पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ । 

यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।  जसकाअनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ ।  टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ । 

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह