घोराही सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीे ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले गत वर्षको यसै अवधिमा भने १ करोड ५४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
उत्पादन बिक्रीबाट कम्पनीले १.४० प्रतिशतले आम्दानी वृद्धि गरी १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । बिक्री लागत १ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, अन्य आम्दानी १० करोडबाट घटेर ११ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय लागत १९ करोड रुपैयाँबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ ।
घोराही सिमेन्ट प्रतिसेयर ९.१६ रुपैयाँ नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ २२५.४५ पैसा रहेको छ ।
प्रतिक्रिया