Logo

कर्पोरेट-बजार

नेपाल एलपी ग्यास उद्योग संघद्वारा नवनियुक्त कार्यकारी निर्देशकलाई बधाई तथा शुभकामना 


GDP नेपाल
   ११ फाल्गुन २०८०, शुक्रबार


नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशकलाई नयाँ कार्यकालको सफलताको शुभकामना दिएको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेको नेतृत्वमा गएको संघको पदाधिकारी टोलीले नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टलाई कार्यकाल सफलताको शुभकामना दिएको हो ।

निगमको मूख्यालय टेकुमा भएको भेटघाट कार्यक्रममा संघका अध्यक्ष शिव प्रसाद घिमिरे एलपीजी क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा कार्यकारी निर्देशकको ध्यानाकर्षण गराए । सो भेटघाट एवं शुभकामना आदाप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले आफूहरु निगमसँग मिलेर अघि बढ्न सदैव तयार रहेको बताए । उनले निगम र ग्यास उद्योगीबीच कम्तीमा महिनाको एक पटक ग्यास उद्योगीहरुले भोग्दै आएको समस्या र चुनौतीका विषयलाई समेटेर छलफल राख्नुपर्नेमा जोड दिए ।

घिमिरेले पछिल्लो समय सम्पूर्ण ग्यास उद्योगहरु अटोमेशनमा गएको र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डलाई समेत फलो गरेको जनाए ।

WhatsApp Image 2024-02-23 at 2.30.14 PM.jpegत्यस्तै, उनले ग्यास ढुवानीका सन्दर्भमा देखिएका समस्या र टीडीएस जस्ता विषयलाई हल गर्न निगमको भूमीका महत्वपूर्ण रहेको बताए । ग्यासको उपयोगमा देखिएको जनचेतनाको कमीका कारण हुने गरेका घटना र त्यसले पुर्‍याउने क्षतीका विषयमा समेत जनचेतना मूलक सामाग्रीलाई उपभोक्ता माझ पुर्‍याउनु पर्नेमा घिमिरेले जोड दिए । 

सो भेटका क्रममा संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले आयल निगमलाई नयाँ ढंगबाट सुधार गर्दे लैजानुपर्ने बताए ।

“हामी सुरक्षाको मामिलामा धेरै सजक छौ । र, आज सम्पूर्ण उद्योगलाई अटोमेसनमा लैजान सफल भएका छौ । एनओसी अहिले पनि पूरानै ढैगबाट चलीराखेको छ । यसमा सुधार हुन आवश्यक छ”, भण्डारीले भने । 

सो कार्यक्रममा एलपी ग्यास उद्योग संघका संस्थापक अध्यक्ष हरि प्रसाद पाठकले नेपाल आयाल निगम समय सापेक्ष रुपमा परिवर्तन हुनु पर्ने र उद्यमीका समस्या र चुनौतीलाई समयमै बिना झन्झट हल गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले ग्यास उद्यमी र निगमबीचको सम्बन्ध अझ प्रगाढ रहने बताए । उनले निगमलाई परम्परागत ढंगबाट भन्दा पनि स्वचालित तरिकाबाट अगाडी बढाउन आफू तयार रहेको बताए ।

भट्टले आगामी दिनमा निगम ग्यास इन्धनमा मात्र केन्द्रित नभई विटुमिन, लुब्रिकेन्ट, हाइड्रोजन जस्ता अन्य वस्तुहरुमा समेत केन्द्रित रहने जनाए । 

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह