Logo

कृषि / सहकारी

कृषि विकास बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट


GDP नेपाल
   १३ फाल्गुन २०८०, आइतबार


काठमाडौं । कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ॐ हस्पिटलका कार्यकारी प्रमुख यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओपिडि शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै उक्त छुट सुबिधा कृषि विकास बैंक लि। का कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् ।

समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

 

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह