Logo

कृषि / सहकारी

कृषि विकास सहकारीका अध्यक्षसहित १२ जना विरुद्ध मुद्दा


GDP नेपाल
   २८ असार २०८१, बिहिबार


काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका संचालकसहित १२ जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीहरुविरुद्ध सहकारी बचतकर्ताको करिब एक अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भएका र काठमाडौंको गोकर्ण बस्ने सहकारीका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले प्रतिवेदन पेश गरेपछि ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

पक्राउ परेका चार बाहेकलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ। फरार प्रतिवादीमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी रहेका छन्।

यस्तै, सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

सहकारीमा ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेका थिए।

सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रकाशित : २८ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह