Logo

फोटो

त्रिपालमुनि मिटरब्याजपीडित (फोटोफिचर)


GDP नेपाल
   १७ फाल्गुन २०८०, बिहिबार


काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् ।

आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौँमा कसरी बसिरहेका छन् ? कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू ।

सरकारले पटक पटक समस्या समाधान गर्ने आश्वासन दिएपनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ । यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ ।

 

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह