Logo

कर्पोरेट-बजार

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा (फोटोफिचर)


GDP नेपाल
   १३ असार २०८१, बुधबार


काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा  व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।

उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरु र कालिगढहरुलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । विरोध गरेका हुन् ।

कार्यक्रममा सहभागी काठमाडौं सुन –चाँदी व्यवसायीसंगको अध्यक्ष रोहिना देवी शाक्यले, राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताईन् ।

१५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरिन् ।

उनले भनिन्,‘हाम्रो राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा आए हौं । हामीलाई राज्यले नीति निर्देशिका चाँडो जारी गरोसु हामी त्यसमा बस्न तयार छौं । र १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर जुन भन्सार दर वृद्धि गरिएको छ । त्यो ५ प्रतिशत कम गरेर पहिला कै दरमा ल्याउनुपर्‍यो । यो उपभोक्ताको हित विपरीत भएकाले पनि धेरै मारमा पारेको छ ।’

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह