Logo

विकास / पूर्वाधार

आजदेखी औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ अन्त्य, १५ वर्षपछि अब उज्यालो नेपाल


appharu
   ३१ बैशाख २०७५, सोमबार


काठमाडाैं ।आजबाट देशभर लोडसेडि पूर्ण रुपमा अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको जनाएको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ आजदेखि अन्त्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले खोला र नदीमा पानीको वहाव बढेसँगै ‘रन अफ रिभर’ आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको र चुहावट पनि ६ प्रतिशत कम भएको बताए । यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको छ भने घिसिङ जनताको हिरो बनेका छन । लोडसेडिङ अन्त्य गरेकोमा घिसिङको सबैले प्रशंशा गरेका छन ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह