Logo

बैंक / बिमा /शेयर

७ महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ३५ अर्ब रुपैयाँ


GDP नेपाल
   २ चैत्र २०८०, शुक्रबार


चालु आर्थिक वर्ष ०८०/०८१ को सात महिनामा वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्मा सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । दुवै बैंकले माघ मसान्तसम्ममा २ अर्ब ६८ करोड नाफा कमाएका छन् ।

सबैभन्दा नाफा कमाउने बैंकहरूमा प्राइम बैंक तेस्रो स्थानमा छ । प्राइम बैंकले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । चौथो नम्बरमा प्राइम कर्मसियल बैंकले २ अर्ब ५४ करोड नाफा कमाएको छ । यसपटक एनआइसी एशिया बैंक भने नाफा कमाउने बैंकहरूमा पाँचौँ स्थानमा छ । एनआइसीले माघ मसान्तसम्ममा २ अर्ब १४ करोड नाफा कमाएको छ ।

त्यसैगरी एभरेष्ट बैंकले १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९४ करोड, हिमालय बैंकले १ अर्ब ८३ करोड, एनएमबिले १ अर्ब ६५ करोड नाफा आर्जन गरेका छन् ।

त्यस्तै कृषि विकास बैंकले १ अर्ब ५७ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड, सानिमा बैंकले १ अर्ब ४० करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड, कुमारी १ अर्ब १२ करोड, सिटिजन्सले ९९ करोड, माछापुच्छ्रेले ९८ करोड, नेपाल बैंकले ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड र नेपाल एसबिआई बैंकले ८५ करोड रुपैयाँ नाफा कमाएका छन्।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह