Logo

बैंक / बिमा /शेयर

सानिमा जीआइसी इन्सुरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   २ चैत्र २०८०, शुक्रबार


सानिमा जीआइसी इन्सुरेन्सले साधारण सभा डाकेको छ । सभा चैत २९ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गर्नेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १४ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह