Logo

बैंक / बिमा /शेयर

बेबी लाईफ होमलाई सिटिजन्स बैंकको आर्थिक सहयोग


GDP नेपाल
   २ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशकदेखि एच.आई.भी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई रु दुई लाख प्रदान गरेको छ ।

बैंकले आफ्नो सत्रौँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदै छ । सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

बेबी लाइफ होममा रहेका २७ जना एच.आई.भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका सञ्चालक राज कुमार पुनले जानकारी दिए ।

विशेष गरी विपन्न समुदायमा जन्मेका एच.आई.भी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बिच रु दुई लाखको चेक संस्थाका सञ्चालक पुनलाई हस्तान्तरण गरेको हो ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह