सभापोखरी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो।
सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
यसका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
प्रतिक्रिया