Logo

कर्पोरेट-बजार

नेपाल इटाली चेम्बर अफ कमर्सको १० औं वार्षिक साधारण सभा सम्पन्न


GDP नेपाल
   १६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्य दुत प्रतिमा राणा पाण्डेलगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई चेम्बरको उद्देश्यप्रतिको अटल प्रतिबद्धताको लागि सम्मान गरिएको थियो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले चेम्बर अन्तर्गत भएका विकास र परिष्कृत संयोजकतालाई झल्काउने “एनआईसीसीआई डाइरेक्टरी” को अनावरण गरकी थिइन् । सो अवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने अतिथिलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआईसीसीआईले विगतका वर्षहरुमा हासिल गरेका उपलब्धिहरू बारे छलफल भएको थियो । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको अटुट प्रयासलाई जोड दिइएको थियो ।

कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले सबै सदस्यहरूलाई आफूले दिएको सहयोग र समर्पणको लागि आभार व्यक्त गरेका थियो । उनले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्ने एनआईसीसीआईको अटल प्रतिबद्धता रहीरहने बताए ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह