Logo

कर्पोरेट-बजार

नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई


GDP नेपाल
   २७ चैत्र २०८०, मंगलबार


नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ (नेहपा) को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको १८ औं बार्षिक साधारण सभाबाट राई सर्वसम्मत चयन भएकी हुन् ।

त्यस्तै, महासचिवमा प्रविणकुमार बास्तोला चयन भएका छन् ।

संघको नयाँ कार्य समितिमा हिमालय हर्ब्स की लैकु लामा वरिष्ठ उपाध्यक्ष, अन्नपूर्ण एरोमा कम्पनी प्रालिका प्रसुन सत्याल प्रथम उपाध्यक्ष, कन्हैया स्टोर्सका नवराज शर्मा द्धितीय उपाध्यक्ष, जयकाली जुडिबुटीका शोभाकान्त बस्याल सचिव र खाम्पा ट्रेड एण्ड सप्लायर्सका सकलसिंह रोकाया कोषाध्यक्ष रहेका छन् ।

त्यसैगरी मिनाकुमारी लामा, डा. डिबी सुनार, सञ्जीव पाण्डे, बसन्त पण्डित, राधा दाहाल, गंगा वाग्ले दाहाल, बिन्ती गुरुङ, निखिल खण्डेलवाला, फर्सुराम आचार्य सदस्यमा चयन भएका थिए । संघको निवर्तमान अध्यक्ष प्रेमराज तिवारी छन् ।

अध्यक्ष राई हिमालयन बायो ट्रेड प्रा.लि की प्रबन्ध निर्देशक पनि हुन् ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह