सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले साबिकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकापसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरूको बारेमा शेयरधनीहरूलाई बिस्तृत रूपमा जानकारी गराएका थिए ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स तथा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरूलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ ।
यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका छन् भने बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्बिरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया