Logo

कर्पोरेट-बजार

हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो


GDP नेपाल
   ३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ। युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउनुभयो ।

“युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ”, उहाँले भन्नुभयो, “यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।”

हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको छ ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह