Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   ३ बैशाख २०८१, सोमबार


नेपाली बजारमा आज सुनको मूल्य सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर १७ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि चाँदी प्रतितोला १७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५८ डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह