Logo

कर्पोरेट-बजार

त्रिभुवन विमानस्थलमा मजदुरको हडतालले अन्तर्राष्ट्रिय निकासी ठप्प


GDP नेपाल
   ३ बैशाख २०८१, सोमबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मजदुरहरुको हडतालले कुरियर सेवा ठप्प भएको छ । भन्सार कार्यालय र कार्गो कम्प्लेक्सको निकासी तर्फको एउटा एक्सरे मेसिन बिग्रिएपछि काममा कष्ट भएको बताउँदै विमानस्थलका मजदूरहरुले बैशाख २ गतेबाट हड्ताल सुरु गरेका हुन् ।

दुईदिन यता कुरियर सेवा ठप्प भएसँगै नेपाल कुरियर सेवा संघले आज एक विज्ञप्ति जारी गर्दे उक्त समस्या समाधाको लागि यथासिघ्र आवश्यक पहल गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले विगत लामो समयदेखि विमानस्थलमा रहेको एउटा मेसिन बिग्रिएर दैनिक निकासीको कार्यमा बाधा भइरहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले भने कुनै चासो नदेखाएको गुनासो व्यक्त गरे । उनका अनुसार संघले नेपालको निकासी नै ठप्प हुनसक्ने व्यहोरासहित सम्बन्धित निकायहरुलाई यस अघि नै पटक पटक मौखिक र लिखित जानकारी गराउँदै आएको छ ।

“नेपालबाट प्रस्थान गर्ने सम्पुर्ण जहाजहरुको कार्गो लोड निल भएको कारणले विदेशमा समेत नेपालको बारेमा नकारात्मक सन्देश गएको र अर्को तर्फ एक्सरे मेसिनको कारणले कुनैपनि देशको निकासी हुन नसक्नु र यसले हामी कुरियर व्यवसायीहरुलाई प्रत्यक्ष असर गरेको तथा समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने पर्ने हुँदा उक्त समस्या समाधाको लागि यथासिघ्र आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौंऽ” विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह