Logo

कर्पोरेट-बजार

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त


GDP नेपाल
   ३ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त भएका छन् । बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो।

यस अघिका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै गत माघ २२ गते बाहिरिएसँगै बोर्डको उपाध्यक्ष पद खाली भएको थियो । रिजालसँगै अन्य दुई जना बोर्ड सदस्यहरू समेत कार्यकाल पुरा गरेसँगै बाहिरिएका थिए ।

सदस्य कृष्ण शाह र नवाङ मिया शेर्पा समेत बोर्डबाट बाहिरिएसँगै गत चैत १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायी ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह