Logo

कर्पोरेट-बजार

प्रतितोला एक हजार सात सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ४ बैशाख २०८१, मंगलबार


काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह