Logo

कर्पोरेट-बजार

नेपाली वस्तुको निर्यात र प्रवर्द्धनका लागि वातावरण बनाउन निर्यात व्यवसायी महासंघको आग्रह


GDP नेपाल
   ४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डेले नेपाली उत्पादनको निर्यात र प्रद्रद्धनका लागि वातावरण बनाउन सरकारसमक्ष आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा निर्यात व्यवसायी महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै पाण्डेले सो आग्रह गरेका हुन् ।

महासंघले नेपालबाट निर्यात हुने व्यवसायीक उत्पादनको प्रवद्र्धनका लागि सधै सल्लाहकारको रुपमा भूमिका खेलिरहने बताउँदै पाण्डेले भने ‘हामीले निरन्तर रुपमा नेपालबाट निर्यात हुने व्यवसायीक उत्पादनको प्रवद्र्धनको लागि सधै सल्लाहकारको रुपमा भूमिका खेलिरहने छौं तर राज्यले सोही अनुसार हाम्रो लागि समेत वातावरण बनाउन जरुरी छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार तथा पूर्वसचिव चन्द्र घिमिरेले पछिल्लो समय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा आफ्ना विचार तथा सुझावहरु राख्न महासंघलाई आग्रह गरेका छन् । उनले महासंघलाई आगामी दिनका लागि शुभकामना व्यक्त गर्दै यस क्षेत्रलाई अझै व्यवस्थित र नयाँ उचाईमा पुर्‍याउनमा आफूले समेत सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा पुर्वमन्त्री तथा व्यवसायी दिपकप्रकाश बास्कोटा, निर्यात व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा पुर्व प्रदेशसभा सदस्य रामबहादुर गुरुङ लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा अन्य व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह