Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


GDP नेपाल
   ६ बैशाख २०८१, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १७ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २७४ डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह