काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।
डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानको पूर्व सिइओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख समेत हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।
कम्पनीले यसअघि सीईओका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा समावेश गरेको थियो । समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिएका थिए ।
प्रतिक्रिया