Logo

कर्पोरेट-बजार

नेपाल पश्मिना उद्योग संघको साधारण सभा सम्पन्न, नयाँ कार्यकारी समिति चयन


GDP नेपाल
   १६ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाल पश्मिना उद्योग संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्द्रेणी सूट होटल, बानेश्वरमा सम्पन्न संघको साधारण सभाले आगामी ३ वर्षका लागि नयाँ कार्यकारी समिति चयन गरेको छ ।

नयाँ कार्यकारी समितिमा धन प्रसाद लामिछाने अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा चिरञ्जीवी काफ्ले चयन भएका छन् । त्यस्तै, महासचिवमा विवेकानन्द मिश्र, सचिवमा गीता श्रेष्ठ र कोषाध्यक्षमा अनुप श्रेष्ठ चयन भएका छन् ।

संघका अनुसार कार्यकारी सदस्यहरुमा उत्सव खनाल, सन्तोष प्रसाद अधिकारी, दीपा कुँवर, रितमान श्रेष्ठ, सुनिल श्रेष्ठ र आङ दोर्जे शेर्पा चयन भएका छन् ।

प्रकाशित : १६ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह