Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


GDP नेपाल
   १७ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १६ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३२.७१ डलरमा र चाँदी प्रतिऔंस २७.२८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह