Logo

कर्पोरेट-बजार

उत्कृष्ट चिया उद्यमी पुरस्कार पराजुलीलाई


GDP नेपाल
   १७ बैशाख २०८१, सोमबार


काठमाडौँ । ‘२८ औँ राष्ट्रिय चिया दिवस’ २०८१ बाट उत्कृष्ट चिया उद्यमीको रुपमा आदित्य पराजुली सम्मानित भएका छन् ।

नेपाली चिया क्षेत्रको विकास र विस्तारसँगै निकासीमा महत्वपूर्ण योगदान गरेबापत राष्ट्रिय चिया तथा कफि विकास बोर्डले उत्कृष्ट चिया उद्योग सिटिसितर्फ श्री पराजुली टि इण्डष्ट्रिज भद्रपुर ६ झापालाई उत्कृष्ट चिया उद्योगको रुपमा पुरस्कृत गरेको हो ।

कफि विकास बोर्डका अनुसार यस वर्षको उत्कृष्ट चिया उद्योगबाट प्रबन्ध निर्देशक युवा उद्यमी आदित्य पराजुलीलाई सम्मान प्रदान गरिएको हो । नेपालको तराई भेगमा गुणस्तरीय चिया उत्पादन गरी चियाको मूल्य ऋंखलामा महत्वपूर्ण योगदान पुर्‍याएबापत पराजुलीलाई सो सम्मान प्रदान गरिएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री एवं बोर्ड अध्यक्ष ज्वाला कुमारी साह र बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दिपक खनाल उद्यमी पारजुलीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह