Logo

कर्पोरेट-बजार

वैदेशिक लगानी भित्र्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता


GDP नेपाल
   १७ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच सम्झौता भएको छ । चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा यी दुई कम्पनीबीच सहकार्यको लागि सम्झौता भएको हो। 
सम्झौतामा एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरेका हुन् । 

कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपले सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ । 

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको बताइएको छ । 

प्रकाशित : १७ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह