Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   १८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२८ डलरमा र चाँदी प्रतिऔंस २६.८८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह