Logo

कर्पोरेट-बजार

राष्ट्रिय विपद व्यवस्थापनमा योगदान पुर्‍याएका निजी क्षेत्रलाई सम्मान गर्दै एनबीआई


GDP नेपाल
   २४ बैशाख २०८१, सोमबार


काठमाडौँ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले जेष्ठ २३ गते काठमाडौको हायात रिजेन्सीमा विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापनका साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि वृहत कार्यक्रम आयोजना गर्ने भएको छ ।

व्यवसायीक क्षेत्रलाई विपदको पूर्व तयारी, दीगो रूपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको एनबीआईका महासचिव सुरेन्द्र विर मालाकारले बताएका छन् ।

उनका अनुसार यस कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने र यस क्षेत्रलाई जागरुक र थप क्रियाशिल बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

सो कार्यक्रममा सहभागीहरुलाई विपद व्यवस्थापनमा थप सजग बनाई मुलुक भित्र र विभिन्न मुलुकमा यस सम्वन्धी गरिदै आएका सफल प्रयास, चुनौती र सिकाई आदान प्रदान गर्नका लागि साझा मञ्चको रुपमा स्थापित हुने एनबीआईले जनाएको छ ।

मालाकारका अनुसार कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ। पहिलो सत्रका दुईवटा प्यानल छलफलमा उत्थानशिल अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्व र विपद व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको बढ्दो भूमिकाका बारेमा अन्तरक्रिया गरिनेछ । कार्यक्रममा उद्योग मन्त्रालय एवं सम्वन्धित निकायको सहभागिता रहने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी तथा विज्ञबाट आफ्ना सुझाव तथा सफलताको अनुभवको आदानप्रदान गरिनेछ ।

त्यस्तै, दोस्रो सत्रमा सम्मान कार्यक्रम राखिएको छ । दोस्रो सत्रमा कार्यक्रममा विपद् जोखिम न्यूनिकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनिय योगदान पुर्‍याएका व्यवसायलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मानका लागि एनबीआईमा विज्ञ सम्मिलित गठन भएको निर्णायक समितिले उक्त व्यवसायहरु छनौट गर्नेछ । देशभरका उद्योग व्यवसायलाई सहभागीताका लागि एनबीआईले पहल गरिरहेको र यसका लागि अविलम्व मनोनयन फारम उपलब्ध गराइने बताइएको छ ।

कार्यक्रममा विपद् पूर्व तयारी तथा व्यवस्थापन उत्थानशिलता तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा ईच्छुक र कार्यरत सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका संघ सस्था एवं उद्यमी व्यवसायी, गैर सरकारी निकाय तथा सञ्चार क्षेत्रका करीब ३०० जनाको सहभागिता रहनेछ ।

 

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह