Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   २५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३२.५५ डलर र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भइरहेको छ । 

 

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह